सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले दर्ता गरे गाली बेइज्जतीको मुद्धा

अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले दर्ता गरे गाली बेइज्जतीको मुद्धा

6000
Shares
अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले दर्ता गरे गाली बेइज्जतीको मुद्धा

काभ्रे : आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता गरेका छन् ।

२०८० भाद्र २५ गते काठमाडौंमा सुन बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर कपोलकल्पित र निराधान समाचार प्रकाशित भएपछि मन्त्री लामाले कानूनी बाटो अपनाएका हुन् । यसअघि उनले प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको फिरादमा काठमाडौं महानगरपालिका २० मा कार्यालय रहेको कामना न्यूज पब्लिकेकासन प्रालि, सोही प्रालिले सञ्चालन गरेको नेपाल समाचारपत्र डटकम, न्यूज अफ नेपाल डटकम, त्यसका प्रमुख कार्यकारी अधिृकत तथा सम्पादक दिरेकलाल श्रेष्ठ, निर्देशक रनिकलाल श्रेष्ठ र काभ्रे संवाददाता वडा नं ३ बस्ने मोतिराम (मोतिलाल) तिमल्सिनालाई विपक्षी बनाइको छ ।

फिरादमा सुन प्रकरणमा मन्त्री तीर्थ लामाको समेत व्यक्तिगत मानमर्दन तथा चरित्रहत्या गर्ने मन्साय राखि विपक्षीहरुले सञ्चालन गरेको अनलाईन पत्रिका न्युज अफ नेपाल पत्रिका नेपाल समाचारपत्र मार्फत २०८० भदौ २९ गते देखि निरन्तर राजनितिक तथा व्यक्तिगत जीवनमा नकारात्मक असर पार्ने मनसाय राखी आधारहिन तथा तथ्यहिन समाचार लगातार सम्प्रेषण हुँदै आएको उल्लेख छ ।

फिरादमा विपक्षी मोतिराम तिमल्सिनाले संचारमाध्यममा मात्र सिमित नरहि आफ्नो व्यक्तिगत सामाजिक संजालहरुको समेत प्रयोग गरी निरन्तर मन्त्री लामाको ख्याति तथा चरित्रको हत्या गर्ने बदनियत राखि निरन्तर भ्रामक समाचार प्रकाशन गर्न बन्द नगरेकोले निजको बदनियत छर्लङ्ग देखिने उल्लेख छ ।

केबल राजनीतिक प्रतिशोध राखि तथा सस्तो प्रचारका लागि प्रतिवादीहरुले गलत र भ्रामक समाचार प्रकाशन गर्न बन्द नगर्नुले निजहरुको बदनियत छर्लङग भएको दाबी गर्दै मन्त्री लामाले विपक्षीहरुले विद्युतीय तथा अन्य आम सञ्चारका माध्यमहरुको प्रयोग गरी झुट्ठा, कपोकल्पित, तथ्यहीन र पुर्वाग्रही तथा भ्रामक समाचारहरु सम्प्रेषण गरि झुट्ठा लाञ्छाना लगाई गाली–बेइज्जती गरेको स्पष्ट भएकोले मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था बमोजिम हदैसम्मको कार्वाही माग गरिएको छ ।

नेपाली कांग्रेस काभ्रेले पार्टी सभापति तीर्थबहादुर लामालाई लगाइएको निराधार आरोपको कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने उद्देश्यका साथ सुनियोजित तवरले प्रकाशन र प्रचार भएको ठहर गर्दै उक्त आरोपको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

6000
Shares

ट्रेन्डिङ