सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१

पहिरोले दशककै बढी क्षति

5240
Shares
पहिरोले दशककै बढी क्षति

काठमाडौं, ९ भदाै । मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ। पहिरोले २ सय ५४ जनाको ज्या’न लिएको छ। ८१ जना बे’पत्ता छन्। १ सय ५२ जना घाइते भए।यो तथ्यांक मनसुन सुरु भएपछि २ महिना ७ दिनको हो। यो वर्ष जेठ ३१ मा मनसुन सुरु भएको थियो।

मनसुन अझै भदौसम्म जारी रहने देखिएको छ। सिन्धुपाल्चोक, बझाङ, म्याग्दी, कास्की, जाजरकोट, अछाम, कास्की, तनहुँ, संखुवासभा, डोटी, हुम्लालगायत ५१ जिल्लामा बढी जनधनको क्षतिको भएको छ। हजारौं जना विस्थापित भए पनि यकिन तथ्यांक छैन। अर्बौं रकमको अन्नबाली क्षति पुगेको छ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीले यो वर्ष पहिरोले ठूलो क्षति गरेको बताए। ‘मनसुनको सुरुआतदेखि नै दुःख दिइरहेको छ’, उपसचिव अवस्थीले भने।

उनले गत वर्ष जम्मा ८३ जनाको मात्रै मृत्यु भएको उल्लेख गरे। ११ जना बेपत्ता भएका थिए। ‘गत वर्षभरिको तुलनामा यसपटक एकै महिनामा बढी विनाश भएको छ’, उनले भने, ‘असारमा मात्रै पोहोरभन्दा बढी क्षति भएको छ। साउनमा त झन् बढेको छ।’

केन्द्रको तथ्यांकले २०६८ मा १ सय ४, २०६९ मा ४३, २०७० मा ६५, २०७१ मा ९४, २०७२ मा ९२, २०७३ मा १ सय ३६, २०७४ मा ५९, २०७५ मा ७७ जनाको ज्यान गएको देखाउँछ। यस्तै, बेपत्ता र घाइतेको संख्या क्रमशः २०६८ मा २४, ७९, २०६९ मा ८, ३०, २०७० मा १८, ४४, २०७१ मा १ सय २९,९३, २०७२ मा १३, ७३, २०७३ मा ८, १ सय १५, २०७४ मा १५, ४४ र २०७५ मा १, १ सय ८ छ।

इन्चार्ज अवस्थीका अनुसार यो वर्ष पहिरोका मात्रै १ सय ४ घ’टना भएका छन्। असारमा भएका २९ घ’ट’नामा १ सय ८ जनाको मृ’त्यु भयो। ४७ जना बे’पत्ता भए। ४६ जना घा’इते भए। साउनमा ६४ घटना हुँदा १ सय ३२ जनाको मृ’त्यु भयो। १७ जना बे’पत्ता भए। ८७ घाइ’ते भए। भदौ पहिलो सातासम्म ११ वटा पहिरो गइसकेका छन्। यी घ’ट’नामा १४ जनाको मृत्यु भएको छ भने १७ बे’पत्ता छन्। १९ जना घा’इते भएका छन्। घा’इतेमध्ये ८० प्रतिशत निको भएर घर फर्किसकेका छन्।

म्याग्दीका १ हजार ५ सय, सिन्धुपाल्चोकका २ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। हुम्लामा ६ सय २ घर पहिरोमा परेका छन्। दर्जनौं पुल, बाटो भत्किए। सडक अवरुद्ध भए। पशुचौैपाया मरेका छन्। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

5240
Shares

ट्रेन्डिङ