सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तीर्थ लामाको यस्तो छ वडा सचिबको देखि काँग्रेस काभ्रेको जिल्ला सभापतिसम्मको राजनीति यात्रा

तीर्थ लामाको यस्तो छ वडा सचिबको देखि काँग्रेस काभ्रेको जिल्ला सभापतिसम्मको राजनीति यात्रा

13600
Shares
तीर्थ लामाको यस्तो छ वडा सचिबको देखि काँग्रेस काभ्रेको जिल्ला सभापतिसम्मको राजनीति यात्रा

 

तीर्थ लामाले नेपाली काँग्रेस काभ्रेमा नयाँ इतिहास दर्ज गराउनुभएको छ । जिल्ला सभापतिमा भारी मत सहित विजयी हुनु महत्वपूर्ण पाटो रह्यो । अर्को भनेको राजनीतिक प्रगतिका रुपमा पनि लामाले आफ्नो पहिचान स्थापित गराउन सफल हुनुभएको छ ।

युवा काँग्रेस कार्यकर्ता माझ निकै लोकप्रिय छवी छ तीर्थ लामाको । धेरै युवाहरुले काँग्रेस भन्दा पनि तीर्थ लामा चिन्छन् । अर्थात् नयाँ पुस्ताले बीपीको समाजवाद बुझ्दैन र चिन्दैन् । तर काभ्रेमा तीर्थ लामालाई धेरै युवा काँग्रेसले चिन्छन् ।

यो भन्दा अझ फरक पर्दैन काभ्रे काँग्रेसमा तीर्थ लामा एउटा ‘ब्राण्ड’ स्थापित बनेको छ । त्यसको पुर्नपुष्टि मंसिर १० गते बनेपामा भएको १४ औँ जिल्ला अधिवेशनका प्रतिनिधिहरुले मत मार्फत गरिदिएका छन् ।

१६ सय ४१ मत सहित लामा सभापतिमा निर्वाचित हुँदा धेरै युवाहरुको राजनीतिप्रतिको बितृष्णा हटेको छ । सभापति लामाको जन्म २०३१ सालमा तत्कालिन सिपालीचिलाउने गाविसमा भएको हो । २०४८ सालतिर संयुक्त जनमोर्चासँग लामा नजिक हुनुहुन्थ्यो । त्यो बेला संयुक्त जनमोर्चाका नेताहरु कान्छाराम तामाङ र कमान सिं लामासँग तीर्थको अलिक बढी घुलमिल रहेको उहाँका निकटस्थहरु बताउँछन् ।

२०५१/०५२ सालमा लामाले काभ्रे जिल्लाको अत्यन्तै विकट डाँडापारी क्षेत्रमा पर्ने बन्खु गाविसमा करार दरबन्दीमा सचिबको जिम्मेवारी लिएर काम गर्नुभएको थियो । करारको जागिर सकिएपछि भने लामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग झुकाब रहेको जानकारहरु बताउँछन् । कतिपयले माओवादीसँग पनि त्यो बेला तीर्थ लामाको उत्तिकै राम्रो सम्बन्ध रहेको बताउँछन् ।

अझै कति चाँहि एक कदम अघि बढेर तीर्थ लामा माओवादीकै कार्यकर्ता थिए भन्न पनि भ्याउँछन् । तर लामा निकटकाहरु भने माओवादी कार्यकर्ता नरहेको दाबी गर्छन् ।

जे होस् । २०६४ सालअघि लामा खास राजनीतिमा हुनु हुन् थियो । २०६४ सालमा भकुण्डेमा आयोजित काँग्रेस विशाल जनसभा कार्यक्रम मार्फत औपचारिक रुपमा काँग्रेस पार्टीमा तीर्थ लामा आबद्ध हुनुभएको थियो ।

त्यहि बेलादेखि लामा काँग्रेसको सक्रिय राजनीतिमा सहभागि हुनुहुन्छ । त्यो बेला माओवादीको सबैभन्दा बढी प्रभावित मानिएको निर्वाचन क्षेत्र नमबर १ बाट तीर्थ लामा संविधानसभाको निर्वाचनमा विजयी हुनुभयो ।

काँग्रेसमा सक्रिय राजनीति थाल्नु भएका लामा छोटो समयमै काभ्रे जिल्ला सभापति बन्नुभएको छ । युवा पुस्ताका लागि यो निकै उत्साहजनक विजयी हो । राजनीतिमा युवाले अवसर नपाउने गुनासोका माझ तीर्थ लामाले प्राप्त गरिरहनुभएको सफलताले केहि हदसम्म भएपनि युवाहरुलाई राजनीतिप्रति आश जगादिएको छ ।

जुनसुकै पेसा र ब्यवसायमा पनि निरन्तरताले खास अर्थ राख्छ सफलता भेटाउन । हो काँग्रेस काभ्रेको जिल्ला सभापति बन्नुभएका तीर्थ लामाले पनि राजनीतिलाई निरन्तरता दिइराख्नुभयो ।

त्यसैको फलस्वरुप कम अवधिमा जिल्ला सभापति बनेर काँग्रेस हाक्ने जिम्मा प्राप्त गर्नुभयो । मर्दा मलामी र विवाहमा जन्ती मात्रै होइन् । युवाहरुको खास खास दुःखमा तीर्थ लामा सारथी बन्दै आउनुभएको छ ।

युवाहरु जेल पर्दा होस् वा दुर्घटनामा । हरेक ठाउ्रँमा सकेसम्म भौतिक रुपमै तीर्थ लामा उपस्थित हुने गरेको बताइन्छ । दुःख साथ दिनेलाई बिर्सन सकिदैँन भने जस्तै तीनै युवा प्रतिनिधिहरुले तीर्थ लामालाई मतको भारी बोकाएर सभापतिको कुर्सीमा पुर्याइदिएका छन् ।

अब केहिमहिना भित्रै हुने स्थानीय तहको निर्वाचन र केहि वर्षपछि हुने संघ, प्रदेशको निर्वाचनमा काभ्रे काँग्रेसलाई पहिलो पार्टी बनाउने चुनौती पनि सभापति लामाकै काँध छ ।

काँग्रेस काभ्रेभित्र गुट र उपगुट पर्याप्त छ । वडा, पालिका, प्रदेश, संघ र जिल्ला अधिवेशनसम्म आइपुग्दा गुट संस्थागत बनेको छ । यो गुटलाई ब्यवस्थापन गर्नुसक्नु नवनिर्वाचित जिल्ला सभापति लामाको अर्को महत्वपूर्ण चुनौती हो । चुनावी गुट तुषको रुपमा आगामी स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा देखिन सक्छ ।

यसलाई तोड्दै टिकटमा विभेद नगर्ने, सबैलाई सम्मान, कोहिलाई काखा, कसैलाई पाखा नगर्ने नीतिका साथ अघि बढ्ने हो भने लामाको अवधिलाई भावी काभ्रे काँग्रेसले सम्झिरहने छ ।

 

अन्यथा गुटमै रमाउँदा थाल्दा काँग्रेस थप गुटको चंगुलमा नफस्ला भन्न सकिन्दैन् । जति छोटो समयअवधिमा जुन जिम्मेवारी प्राप्त भएको छ त्यसलाई कुशलता पूर्वक सम्पन्न गर्नु उत्तिकै ठूलो चुनौती हो ।

त्यसैले कुनै निर्णय गर्नुपूर्व पर्याप्त छलफल गर्ने, सबैको साय, सुझाव दिने तर्फ ध्यान दिएर अघि बढ्दा राजनीतिक यात्रा अझ अघिसम्म बढ्नेछ ।

सबैको समाचार डटकमका तर्फबाट नवनिर्वाचित काभ्रे काँग्रेस जिल्ला सभापति तीर्थ लामालाई हार्दिक बधाई तथा आगामी कार्यकाल सफलताको शुभकामना ।

13600
Shares

ट्रेन्डिङ