सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • काभ्रेको देवीस्थानडाँडामा पिङ, खेल्नेको भीड

काभ्रेको देवीस्थानडाँडामा पिङ, खेल्नेको भीड

5130
Shares
काभ्रेको देवीस्थानडाँडामा पिङ, खेल्नेको भीड

काभ्रे :  “पर्यटकीय नगर” नामले परिचित काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा कोरोना संक्रमित घट्दै गएपछि पर्यटकीय स्थलहरुमा चहलपल सुरु भएको छ । कोरोना महामारीका कारण लामो समय खासै चहलपहल नदेखिएपनि अहिले भने आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

केहि समय अघि निकै चर्चामा रहेको काभ्रेको धुलिखेल नगरपालिकामा रहेको चुच्चेढुङ्गामा चढेर सेल्फी खिँचेर मनोरञ्जन लिने र सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने “ट्रेन्ड” नै चलेको थियो ।

प्राकृतिकसंगै मनोरञ्जन लिइरहेका पर्यटकले अब भने मनोरञ्जन “आर्टिफिसियल ” ठाउँबाट मज्जा लिन थालेका छन् । त्यस्तै भीड देखिन थालेको छ केही दिन अगाडि मात्रै जिल्लाको धुलिखेलस्थित देवीस्थानडाँडामा ।

त्यो भीड चुच्चेढुङ्गा चढ्नेको भने होइन, उक्त भीड व्यावसायिक रुपमा राखिएको पिङ खेल्नेको हो । चुच्चे ढुङ्गा रेष्टुरेन्ट एण्ड पार्कमा पर्यटकलाई आकर्षित गर्न राखिएको व्यावसायिक पिङ खेल्न अहिले हजारौँ आन्तरीक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

त्यहाँ पुगेका पर्यटकले घोडा चढेर समेत मनोरञ्जन लिइरहेका छन् । प्रतिव्यक्ति १० रुपैयाँमा चुच्चे ढुङ्गा चढ्ने गरेका पर्यटकले पिङ खेल्न भने १५० रुपैयाँ तिर्नु पर्नेछ। अरु दिन भन्दा बिदाको दिन र शनिबार त्यहाँ घुम्न जानेको भीड लाग्ने गरेको छ ।

फोटो : रासस

5130
Shares

ट्रेन्डिङ