सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा बच्चाहरूको कानको मुन्द्रा चोर्ने २ जना पक्राउ

काभ्रेमा बच्चाहरूको कानको मुन्द्रा चोर्ने २ जना पक्राउ

770
Shares
काभ्रेमा बच्चाहरूको कानको मुन्द्रा चोर्ने २ जना पक्राउ

काभ्रे । काभ्रेबाट बच्चाहरूलाई फकाई कानको मुन्द्रा चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

जिल्लाको बनेपा नगरपालिका भित्रका बिभिन्न स्थानबाट बालबालिकालाई ललाई फकाई गरी एकान्त स्थानमा लगी बच्चाहरुले कानमा लगाएको मुन्द्रा चोरी गर्ने २ जनालाई आज (बुधबार ) ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५७ को कुसुम शाक्य बुद्दाचार्य र बेथानचोक गाउँपालिका वडा नं.४ बस्ने बर्ष २१ को सुनिल नगरकोटी रहेका छन् ।

विशेष सूचनाको आधारमा घटना घटाउने शंकास्पद व्यक्तिको पहिचान गरि पक्राउ गर्न सादा पोषकमा प्रहरी परिचालन गरी तथा सिसि टिभि फुटेजको आधामा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपितको प्रारम्भिक सोधपुछवाट निजले चोरी गरी लगेको सुन बनेपा नगरपालिका वडा नं।७ मा रहेको न्यु सुनचाँदी ज्वलर्समा बेच्ने गरिएको खुलाए अनुसार उक्त पसलका संचालक समेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पक्राउ परेका आरोपितहरुलाई चोरी मुद्दा कसूरमा अनुसन्धान भैरहेको छ ।

770
Shares

ट्रेन्डिङ