सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पृथ्वीनारायणको शालिक फुटाएर गणतन्त्रको गीत गाउँछौँ, देशको मौलिकता बिर्सन्छौँ : गोकुल बास्कोटा

पृथ्वीनारायणको शालिक फुटाएर गणतन्त्रको गीत गाउँछौँ, देशको मौलिकता बिर्सन्छौँ : गोकुल बास्कोटा

3910
Shares
पृथ्वीनारायणको शालिक फुटाएर गणतन्त्रको गीत गाउँछौँ, देशको मौलिकता बिर्सन्छौँ : गोकुल बास्कोटा

 

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरूले खेलाडीहरूलाई दुरूपयोग गर्ने गरेको बताएका छन् ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरूले बुथ क ब्जा गर्न खेलाडीहरूलाई दुरूपयोग गरेको भन्दै अब त्यसो हुन नदिने बताए ।

नेपाल खेलकुद महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीहरूलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रूपमा प्रयोग हुन नदिने बताए । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरूलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने पनि बताए ।

उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कतियले नेपालको मौलिकता भुल्ने गरेको पनि उनले बताए । “हामी यो तरिकाले बिग्रियौँ कि ! देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौँ ।

आफ्नो देशको मौलिकता बिर्सन्छौँ । म राजावादी भएको होइन,” उनले भने । त्यसअवसरमा बास्कोटाले खेलाडीहरूको मनोबल बढाउने काम गरेको भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गरे ।

 

3910
Shares

ट्रेन्डिङ