सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

5155
Shares
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काभ्रे, ६ जेठ :  काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए ।

5155
Shares

ट्रेन्डिङ