सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

435
Shares
त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश्यक देखिन्छ । नेपालको डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा चोटबाट फर्किएका छन् । पहिलो खेलमा अभिनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ । अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ । यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ ।

435
Shares

ट्रेन्डिङ