सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • जिसस काभ्रेको निर्वाचन असार १ गते, को बन्ला प्रमुख ?

जिसस काभ्रेको निर्वाचन असार १ गते, को बन्ला प्रमुख ?

13840
Shares
जिसस काभ्रेको निर्वाचन असार १ गते, को बन्ला प्रमुख ?

काभ्रे : धुलिखेल स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । कार्य तालिका अनुसार जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार १ गते हुनेछ ।

२७ गते मतदाता नामावली प्रकाशस गरिनेछ । जिल्ला समन्वय समितिका लागि नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले मतदान गर्न पाउँछन् ।

२९ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । ३० गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवाले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काभ्रेमा १३ वटा स्थानीय तह छ । जसमा २६ जनाले मतदान गर्न पाउँछन् । कांग्रेससंग १३ मत रहेको छ । कांग्रेसले एक मत अन्य पार्टी पाउँदा पनि बहुमत पुग्छ ।

गठबन्धनमा भएको सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेकपा (एकीकृत समाजवादी) लाई दिने निर्णय यसअघि नै भएको छ । जिल्लामा नेकपा एसको एउटा मात्रै मत छ । माओवादी केन्द्रसंग ८ मत रहेको छ । नेकपा एमालेसंग ४ मत मात्रै रहेको छ ।

जिल्ला स्थित सत्ता साझेदार दलहरुबीच जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने बारे अहिलेसम्म औपचारिक छलफल भएको छैन । सम्भवतः मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकाले अब गठबन्धनका दलहरुबीच छलफल हुनेछ ।

गठबन्धन दलमा कुरा नमिले नेपाली कांग्रेस र नेकपा एस मात्रै मिल्दा पनि समन्वय समितिको पुरै पदाधिकारी चयनका लागि मत पुग्छ । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि समन्वय समिति गठनका लागि पर्याप्त मत पुग्नेछ ।

नेकपा एमाले भने यो पटक रक्षात्मक अवस्थामा पुगेको छ । आफुसंग मत निकै कम भएकाले सम्भवतः एमालेले यो जिल्ला समन्वय समितिमा उम्मेदवार उठाउने छैन् । २०७४ सालको निर्वाचनपछि जिसस काभ्रेमा एमाले एकलौटी बहुमतमा थियो ।

13840
Shares

ट्रेन्डिङ