सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नमोबुद्ध ११ का ज्येष्ठ नागरिकहरु सम्मानीत

नमोबुद्ध ११ का ज्येष्ठ नागरिकहरु सम्मानीत

5465
Shares
नमोबुद्ध ११ का ज्येष्ठ नागरिकहरु सम्मानीत

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ११ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले जानकारी दिनुभयो ।

वडाका १सय ५४ जना ज्येष्ठ नागरिकहरु मध्ये १ सय १० जनालाई आज सम्मान गरिएको हो । बाँकी रहेका ४४ जना भने शारिरक रुपमा नै असत्त भएका कारण सम्बन्धित ठाउँमा उपस्थित हुन नसकेका हुन् ।

ज्येष्ठ नागरिकहरुलाई छाता, विस्कुट, जुस, साबुन, हरलिक्स र स्यानिटाइटर बितरण गरिएको हो । वडागत रुपमा हुने यो कार्यक्रम आज वडा नं ११ बाट सुरु गरिएको हो । बाँकी रहेका वडाहरुमा पनि निरन्तर यो कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो ।

5465
Shares

ट्रेन्डिङ