सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • टिपरले किचेर एकको मृत्यु, ३ घाइते

टिपरले किचेर एकको मृत्यु, ३ घाइते

1250
Shares
टिपरले किचेर एकको मृत्यु, ३ घाइते

पाल्पा | पाल्पामा आफैँ चढेको टिपरले किचेर बुधबार एक जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ जल्पाका १९ वर्षीय दिलकुमारी आले रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

निस्दी गाउँपालिका ७ ज्यामिरेबाट चुनढुंगा बोकेर नवलपुरस्थित होङ्सी सिमेन्टको कारखानातर्फ जाँदै गरेको लु२ख ५२९ नम्बरको टिपर आज बिहान साढे ८ बजे सोही ठाउँको मोटेखर्कमा दुर्घटना भएको हो।

टिपर ब्रेक फेल भएर भित्तामा ठोकिएको थियो। हाम फाल्ने क्रममा उनलाई टिपरको टायरले किचेको हो। घाइतेमध्ये मकवानपुरको हेटौँडा ९ का २४ वर्षीय आशिष सुनार गम्भीर घाइते भएका प्रनाउ श्रेष्ठले बताए।

सोही ठाउँका २६ वर्षीय अन्जन सुनार र पाल्पाको निस्दी गाउँपालिका ७ का २५ वर्षीय हिमाली आले सामान्य घाइते भएका छन्। घाइते सबैको नवलपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ।

1250
Shares

ट्रेन्डिङ