सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

620
Shares
राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्समा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन जानुअघि बुधबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयहरुसँगै कोप-२८ मा नेपालकातर्फबाट उठाउनुपर्ने विषयहरुमा छलफल भएको थियो । त्यसक्रममा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन् ।

उनले नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री दाहाल आज राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।

620
Shares

ट्रेन्डिङ