सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु 

रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु 

825
Shares
रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु 

काठमाडौँ ।  रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु  भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये थपलियाको ११ महिनाअघि नै र बाँकीको केही दिनअघि युक्रेनसँग भएको भिडन्तमा मारिएको बताइएको छ । 

रुसी सेनामा नेपाली युवादेखि वयस्कसम्म भर्ती  हुनेको सङ्ख्या बढ्दो छ । तर हालसम्म कति नेपाली रुसी सेनामा भर्ती भएका छन् भन्ने यकिन तथ्याङ्क छैन । नेपालबाट पर्यटक (भिजिट) तथा विद्यार्थी भिसामा रुस प्रवेश गरेपछि सेनामा भर्ती हुने गरेका छन् ।

कतिपय कामभन्दा निकै आकर्षक तलब पाइने भन्दै हाल सयौँ नेपाली रुसी सेनामा भर्ती भइरहेका छन् । सेनामा भर्ना भएर सम्पर्कमा आएका नेपालीका अनुसार भर्नाका लागि कुनै मापदण्ड तोकिएको छैन ।

रुसले गत वर्ष (सन् २०२२) मा रसियन सेनामा भर्ती हुन चाहने विदेशी नागरिकलाई एक वर्षभित्रै रुसको नागरिकता दिने कानुन बनाएको छ । जसका कारण नेपाल मात्र हैन अन्य देशका नागरिक पनि जीविकोपार्जनका लागि राम्रो तलब पाउने आसमा भर्ती भइरहेका छन् ।

 

825
Shares

ट्रेन्डिङ