सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

275
Shares
त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

काठमाण्डौ | चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।

आज बिहान सवा ७ बजेतिर बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको खुलेको छ ।

थप विवरण आउनेक्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।

275
Shares

ट्रेन्डिङ