सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

990
Shares
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभुमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका  ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

990
Shares

ट्रेन्डिङ