सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै

प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै

665
Shares
प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । 

यही मंसिर १३ गते  प्रधानमन्त्री प्रचण्ड यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन काठमाडौंबाट प्रस्थान गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताएका थिए ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् ।

665
Shares

ट्रेन्डिङ