सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नमोबुद्ध नगरले ल्यायो ७२ करोडको बजेट प्रस्तुत

नमोबुद्ध नगरले ल्यायो ७२ करोडको बजेट प्रस्तुत

1825
Shares
नमोबुद्ध नगरले ल्यायो ७२ करोडको बजेट प्रस्तुत

काभ्रे : नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

न्यायिक समितिका संयोजक समेत रहनुभएको उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगर सभाको अर्काे बैठक २०८० असार २७ गते बस्ने तय भएको नगर सभाका सचिव समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो ।

[pdf-embedder url=”https://www.sabaikosamachar.com/wp-content/uploads/2023/06/2.-updated-process.pdf” title=”2. updated process”]

1825
Shares

ट्रेन्डिङ