सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आज देशभर कहाँको मौसम कस्तो ?

आज देशभर कहाँको मौसम कस्तो ?

615
Shares
आज देशभर कहाँको मौसम कस्तो ?

काठमाडौं, पुस १३ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

615
Shares

ट्रेन्डिङ