सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कटुवा पेस्तोल सहित २ जना पक्राउ

कटुवा पेस्तोल सहित २ जना पक्राउ

500
Shares
कटुवा पेस्तोल सहित २ जना पक्राउ

मकवानपुर | मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट एकथान कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीले बिहीबार विशेष सूचनाको आधारमा मनहरी– ९ खरंगास्थित हरियाली सामुदायिक वनमा राक्सीराङ गाउँपालिका- २ का २६ वर्षका लालकुमार तितुङ र सोही स्थानका १९ वर्षका ज्ञानबहादुर स्याङतानलाई पक्राउ गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार भावरतर्फबाट खरंगा आउँदै गरेको बा.४१प २८१८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित मोटरसाइकलका चालक तितुङ र पछाडि सवार स्याङतानलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट अवैध नालसहितको कटुवा पेस्तोल एक थान, बारुद दुई थान फेला परेको प्रवक्ता भण्डारीले जानकारी दिए। नियन्त्रणमा लिएका तितुङ र स्याङतानलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

500
Shares

ट्रेन्डिङ