सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते

मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते

590
Shares
मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते

जनकपुर । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । 

दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन् ।

दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ । ।

590
Shares

ट्रेन्डिङ