सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दिउँसै ७ लाख लुटपाट गरेर फरार भएका २ व्यक्ति पक्राउ

दिउँसै ७ लाख लुटपाट गरेर फरार भएका २ व्यक्ति पक्राउ

370
Shares
दिउँसै ७ लाख लुटपाट गरेर फरार भएका २ व्यक्ति पक्राउ

काठमाडौं | काठमाडौं महानगरपालिका–९ रातोपुलमा दिउँसै लुटपाट भएको छ । सोमबार दिउँसो लुटपाट गरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ घर भइ काठमाडौं रातोपुल बस्दै आएका ३१ वर्षीय विकास लुइँटेल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ घर भइ काठमाडौं बानेश्वर बस्ने ३८ वर्षीय चक्रबहादुर शाही छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार रातोपुल र बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरू २ मिलेर प्रमोद श्रेष्ठको साथमा भएको ७ लाख १५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

उनीहरूको साथबाट लुटपाट गरिएकोे ५ लाख ८२ हजार रुपैयाँसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

370
Shares

ट्रेन्डिङ