सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चयन

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चयन

765
Shares
रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चयन

काठमाडौं | नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको एकल उम्मदेवारी परेको छ । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनमा चौधरीको मात्र उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थनमा चौधरीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा एकभन्दा बढी उम्मेदवारी परेको छ ।

चौधरी यसअघि पार्टीको संरक्षक थिए भने अध्यक्ष उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् ।

नागरिक उन्मुक्तिले महाधिवेशनबाट ३९ जना पदाधिकारीसहित २४६ सदस्यीय केन्द्रीय समिति निर्वाचनबाट र २५५ जना केन्द्रीय सदस्य मनोनित गर्नेछ ।

765
Shares

ट्रेन्डिङ