सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बस दुर्घटना हुँदा १५ जना घाइते

बस दुर्घटना हुँदा १५ जना घाइते

885
Shares
बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ | दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएको जिल्ला प्रहरी दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए ।

‘बस सडकबाट २० किलोमिटर तल खसेको छ । गाडीमा १७ जना सवार भनिए पनि १५ जनाको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । सो मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुई जनाको खोजी भइरहेको छ।’

दुर्घटनामा घाइते भएकाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

885
Shares

ट्रेन्डिङ