सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्रोत नखुलेको सुनचाँदी र नगदसहित पक्राउ

स्रोत नखुलेको सुनचाँदी र नगदसहित पक्राउ

390
Shares
स्रोत नखुलेको सुनचाँदी र नगदसहित पक्राउ

कास्की | भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिकलाई स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

390
Shares

ट्रेन्डिङ