सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • भारत प्रतियोगिताबाट बाहिरियो

भारत प्रतियोगिताबाट बाहिरियो

605
Shares
भारत प्रतियोगिताबाट बाहिरियो

काठमाण्डौ | एसियन कप फुटबलमा भारत समूह चरणको सबै खेलमा हारेर प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले हारेपछि भारतले सबै खेल हारेको हो ।

यस्तै समूह बी को अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान १–१ को बराबरी खेल्दै समूहको पहिलो र दोस्रो हुँदै नकआउटमा पुगेका छन् । अष्ट्रेलियाको ३ खेलमा ७ अङ्क छ भने उज्वेकिस्तानको ५ अङ्क छ । सिरिया ४ अङ्क सहित तेस्रो स्थानमा छ ।

यसैबीच, गएराति भएको समूह सी को खेलमा प्यालेस्टाइनले हङकङलाई ३–० गोलले हराएको छ । अर्को खेलमा इरानले युनाइटेड अरब इमिरेट्स यूएईलाई २–१ गोलले हराएको छ ।

605
Shares

ट्रेन्डिङ