सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कोलकोतामाथि चेन्नईको सहज जित

कोलकोतामाथि चेन्नईको सहज जित

290
Shares
कोलकोतामाथि चेन्नईको सहज जित

काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो ।

कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो । ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ । त्यस्तै कोलकोताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ ।

290
Shares

ट्रेन्डिङ