सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पोखरा घटनालाई लिएर कांग्रेसले भन्यो : यो देशमा सरकार कहाँ छ?

पोखरा घटनालाई लिएर कांग्रेसले भन्यो : यो देशमा सरकार कहाँ छ?

5225
Shares
पोखरा घटनालाई लिएर कांग्रेसले भन्यो : यो देशमा सरकार कहाँ छ?

काठमाडौं,१४ जेठ : पोखरा घटना अत्यन्तै कारुणिक र दुःखद् भएको भन्दै नेपाली कांग्रेसले देशमा सरकार सरकार कहाँ छ भनी प्रश्न गरेको छ। अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकै साथ निधन भएको थियो। उक्त घटनाप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले नेपाली जनताको दुर्भाग्य भएको जनाएको छ।

समयमै अक्सिजन उपलब्ध नहुँदा उनीहरूल‍े ज्यान गुमाएका भनी सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अक्सिजन सुनिश्चित र व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसकेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

ठूलो संख्यामा उपचाररत बिरामीको एक साथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको टिप्पणी गरिएको छ।

पोखरा घटनाप्रति कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ –

जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ। देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो। सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो। नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपिल गर्दै लापरवाहीले भएका प्रत्येक मृत्यु महँगो पर्ने चेतावनी दिन चाहन्छ।

5225
Shares

ट्रेन्डिङ