सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

525
Shares
५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं | काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ट्राफिक नियन्त्रण तालिम १५०औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

साथै उनले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउँदै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमताको कार्यान्वयनमा कटिवद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस २ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिए ।

525
Shares

ट्रेन्डिङ