सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ओली र प्रचण्डबीच छलफल चल्दै

ओली र प्रचण्डबीच छलफल चल्दै

3140
Shares
ओली र प्रचण्डबीच छलफल चल्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । खुमलटारमा माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेतासँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो ।

ओली र प्रचण्डको छलफल सकिएपछि स्थायी कमिटीको बैठक बस्ने तयारी छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

3140
Shares

ट्रेन्डिङ