सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको भ्रमण

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको भ्रमण

470
Shares
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको भ्रमण

चितवन | विगत ४ दिनदेखि चितवनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाट पुगेका छन् ।

परिवारका सदस्यसहित पूर्वराजा शाह कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धाम पुगेर दर्शन गरेका हुन् ।

शाह डुंगा चढेर कालिगण्डकी पुगेका थिए । उनको स्वागतमा ९ जना कन्याहरुले स्वस्ती वाचन गरेका थिए । पूर्वराजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले गरेका थिए । २८ माघमा चितवन आएका शाह पटिहानीको सोल्टी होटलमा बस्दै आएका छन् । उनी मंगलबार भने सौराहा पुगेका थिए ।

गत बर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए । चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

आगामी फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको रहेको उनी छ ।

३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने जनाइएको छ ।

470
Shares

ट्रेन्डिङ