सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जीपले साइकललाई ठक्कर दिँदा दिदीबहिनीको मृत्यु

जीपले साइकललाई ठक्कर दिँदा दिदीबहिनीको मृत्यु

565
Shares
जीपले साइकललाई ठक्कर दिँदा दिदीबहिनीको मृत्यु

दाङ | पूर्व पश्चिम राजमार्ग अन्तर्गत देउखुरीको पिपरीमा स्कारपियो जीपको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एकैघरका दिदी बहिनीको मृत्यु भएको छ । जीपले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षिया राधा बस्नेत र उनकी बहिनी १६ बर्षिया बिपना केसीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गईरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जीपले बुधबार बेलुका सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो । केसीलाई उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले बताए ।

मृतक एकैघरका दिदीबहिनी रहेको र राधाको प्युठानमा विवाह भएको उनले जानकारी दिए । सवारी साधान नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको मल्लले जानकारी दिए । घटनापछि जीप चालक फरार रहेको उनको खोजी भइरहेको उनले बताए ।

565
Shares

ट्रेन्डिङ