सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बिहीबारसम्म  मौसममा बदली  

बिहीबारसम्म  मौसममा बदली  

590
Shares
बिहीबारसम्म  मौसममा बदली  

काठमाडौँ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलिने क्रममा छ ।  यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान माहशाखाले जनाएको छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको छ । बिहीबार भने काठमाडौँमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने माहशाखाले जनाएको छ ।

विस्तारै मौसम बदली पश्चिमबाट पूर्व सरिहेको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ ।

590
Shares

ट्रेन्डिङ