सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रोल्पाका युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्यु

रोल्पाका युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्यु

525
Shares
रोल्पाका युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्यु

रोल्पा ।  रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्यु भएको छ ।

रुसी  सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको  हो । 

तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको परिवारले जनाएको छ ।

मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए । घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताए ।

रुस पुग्नुअघि उनी दुई वर्ष कतार बसेका थिए । चाहेजस्तो कमाइ नभएपछि फर्केर दाङमा मोबाइल पसल चलाएका थिए । त्यसअघि उनले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए । सानैमा बुबा आमा गुमाएका उनका कान्छा भाइ कमल वैदेशिक रोजगारीमा खाडीमा छन् भने दुई छोरी र एउटा छोरा पढाउन श्रीमती दाङमा छिन् ।

परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।

525
Shares

ट्रेन्डिङ