सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

730
Shares
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । दाङको घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।

 साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो ।

730
Shares

ट्रेन्डिङ