सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भुम्लुको घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाको काम मापदण्ड विपरित

भुम्लुको घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाको काम मापदण्ड विपरित

4460
Shares
भुम्लुको घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाको काम मापदण्ड विपरित

काभ्रे : काभ्रेको भुम्लु गाँउपालिका वडा नम्बर १ सापिङ्गमा निमार्ण भईरहेको खानेपानी आयोजनाको काम मापदण्ड बिपरित रहेको पाईएको छ । घट्टेखोला उर्लेनी भिमसेनस्थान खानेपानी आयोजनाकोे पाईप बिछ्याउने काम प्राविधिक स्टमेट अनुसार नभए पछि पुनः सुरु गर्न थालिएको वडा अध्यक्ष खिर बाहदुर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पाईप बिछ्याउनका लागी स्टमेट अनुसार तीन फिट कुलो खन्नु पर्नेमा निमार्ण कम्पनीले सो भन्दा कम खनेर पाईप बिछ्याईएको पाईएको हो । अुनगमनका क्रममा स्टमेट भन्दा कम खनेर पाईप बिछ्याईएको पाईएपछि पुनः मापदण्ड अनुसार नै काम गर्न निमार्ण कम्पनीलाई निर्देशन दिईएको छ । यस अघि पुरेका पाईपहरु पुनः कुलो बनाएर प्राविधिक स्टमेट अनुसार नै काम सुरु भईसकेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हाल साउने खोलामा रहेको पचास हजार लिटर ट्याङ्की बाट जिसि टोलमा रहेको एक लाख लिटरको ट्याङ्कीसम्म पाईप बिछ्याउने काम सकिएको छ । जिसि टोलमा रहेको ट्याङ्की बाट भिमसेनस्थान मन्दिर नजिक रहेको ट्यांकि सम्म र घट्टेखोला (मुहान) बाट साउने खोलामा रहेको ट्याङ्की सम्मको पाईप बिछ्याउने काम जारी रहको बताईएको छ । उक्त खानेपानी आयोजना बाट १४५ घरधुरी लाभान्वीत हुने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

4460
Shares

ट्रेन्डिङ