सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ट्रकले मोटरसाइकललाई  ठक्कर दिंदा २ जनाको मृत्यु   

ट्रकले मोटरसाइकललाई  ठक्कर दिंदा २ जनाको मृत्यु   

460
Shares
ट्रकले मोटरसाइकललाई  ठक्कर दिंदा २ जनाको मृत्यु   

सुनसरी । सुनसरीको इटहरी खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतकहरू काका भतिजा हुन् ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

460
Shares

ट्रेन्डिङ