सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेबाट ८ जना जुवाडे पक्राउ

काभ्रेबाट ८ जना जुवाडे पक्राउ

4125
Shares
काभ्रेबाट ८ जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

नमोबुद्ध नगरपालिका–१०, पुरानोगाउँका विनोद हुमागाईंको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४४ वर्षीय रामचन्द्र विष्टसहित आठजना छन् । मंगलबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

नगद एक लाख ५३ हजार ४७० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

4125
Shares

ट्रेन्डिङ