सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामुहिक छलफल गरिदै

एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामुहिक छलफल गरिदै

240
Shares
एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामुहिक छलफल गरिदै

काठमाडौँ :- नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।

प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी दिइएको छ ।

शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

आज ति प्रतिवेदनमाथि सामुहिक छलफल गरि सुझाव माग गरिएको छ ।

परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । एमालेको यस परिषद् बैठकमा पार्टीको आगामी कार्यदिशा र वर्तमान अवस्थाको समीक्षा हुने बताइएको छ ।

सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको जानकारी दिइएको छ ।

240
Shares

ट्रेन्डिङ