सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

290
Shares
मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

 झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा  लिएको छ ।

290
Shares

ट्रेन्डिङ