सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा सुमो दुर्घटना : १० जना घाईते

काभ्रेमा सुमो दुर्घटना : १० जना घाईते

320
Shares
काभ्रेमा सुमो दुर्घटना : १० जना घाईते

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना भएको छ ।

जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदैगरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी १० जना यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर छ भने सातको अवस्था सामान्य रहेको  छ ।

घाईतेहरुलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र कोलाँती पठाइएकोमा केन्द्रले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

320
Shares

ट्रेन्डिङ