सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

265
Shares
७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।

यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भियान दुई हप्तासम्म सञ्चालन हुने  जनाएको छ । ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ । चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ ।

अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ

265
Shares

ट्रेन्डिङ