सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीले जफत गर्‍यो सामग्री

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीले जफत गर्‍यो सामग्री

305
Shares
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीले जफत गर्‍यो सामग्री

इलाम । इलाम- २ मा जारी उपनिर्वाचनमा नक्कली मतदान गराएको पाइएको छ ।

 एक्जिट पोलको नाममा मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको  हो ।

क्याम्पसकै होस्टेलमा  बस्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको  खुलेको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

305
Shares

ट्रेन्डिङ