सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • थप १७ जनामा डेंगु सङ्क्रमण

थप १७ जनामा डेंगु सङ्क्रमण

345
Shares
थप १७ जनामा डेंगु सङ्क्रमण

काठमाडौं । बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् ।

गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि वैशाख १३ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ४०६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा दुई जना डेंगु सङ्क्रमित थपिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो ।

नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो ।

डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई/दुई जना‚ काभ्रेपलाञ्चोक र मकवानपुरका एक/एक जनासहित ६ जना सङ्क्रमितको मृत्यु थियो ।

तथ्याङ्क अनुसार चालुआवको हालसम्म काठमाडौँमा तीन हजार‚ चितवनमा एकहजार ७०५‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८५७‚ भक्तपुरमा ४९४‚ काभ्रेपलान्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

345
Shares

ट्रेन्डिङ