सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका ग्राभिटी रोपवे सञ्चालित

बडिमालिका ग्राभिटी रोपवे सञ्चालित

4735
Shares
बडिमालिका ग्राभिटी रोपवे सञ्चालित

पहिलो पटक यहाँ ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे निर्माण गरिएको थियो । बडिमालिका–६ मना र रिलाका दुई सय चार घरधुरीका परिवार यसबाट लाभान्वित भएको बताइएको छ ।
उपभोक्ता समितिको करिब रु सात लाख ९१ हजारको जनश्रमदान र मानव संसाधन केन्द्र विकास परियोजनाको रु १८ लाख ६५ हजारबाट रोपवे बनाइएको उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर शाहीले जानकारी दिनुभयो । रोपवेको उचाइ नौ सय आठ मिटर छ । रासस

4735
Shares

ट्रेन्डिङ