सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

3000
Shares
प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै च्याम्पियन बनेको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) ले दुई स्वर्ण र दुई कास्यपदकसहित दोस्रो र एक स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित पूर्वाञ्चल तेस्रो स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुम्से विधातर्फ नेपाल आर्मीले स्वर्णपदक प्राप्त गरें । आर्मीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण जितेको हो । त्यसैगरी मध्यमाञ्चल दोस्रो तथा सशस्त्र प्रहरी बल (एपिएफ) र पूर्वाञ्चल टोली तेस्रो भए ।
एकल पुम्सेतर्फ सुदूरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्वर्ण जितिन् भने सुदूरपश्चिमाञ्चलकी निता गुरुङ दोस्रो तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ता तेस्रो भए ।
सिनियरतर्फको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत, सुदूरपश्चिमकी आकृति कार्की तथा पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्क पदक प्राप्त गरें । ६२ केजी तौल समूहमा पूर्वाञ्चलकी सन्ध्या सिंह पहिलो, आर्मीकी मुस्कान कार्की दोस्रो तथा मध्य पश्चिमाञ्चलकी मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसी तेस्रो स्थान प्राप्त गरें । ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापा पहिलो, पूर्वाञ्चलकी सिना मादेन दोस्रो तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेर तेस्रो स्थान प्राप्त गरें ।
त्रिपन्न केजी तौल समूहमा भारतकी सिवानी ठाकुर स्वर्ण र नेपालकी कल्पना चौधरीले रजत पदक प्राप्त गरिन् भने पूर्वाञ्चलकी सुनिता तामाङ र सुदूरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक प्राप्त गरिन् । ४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठ पहिलो, पूर्वाञ्चलकी सुशीला बुढाथोकी दोस्रो तथा मध्यमाञ्चलकी बिना गुरुङ र सुदूरपश्चिमाञ्चलकी चन्दा घर्तीमगर तेस्रो स्थान प्राप्त गरें ।
४२ केजीमा एपिएफकी दक्षिणा ठकुरी पहिलो, आर्मीकी सिना श्रेष्ठ दोस्रो तथा पश्चिमाञ्चलकी पूजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठ तेस्रो भईन् ।
नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तीकरण समितिको आयोजनामा भएको उक्त दुइदिने प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडी प्रतिस्पर्धामा भाग लिएका थिए ।
युनिभर्सिटी क्रिकेट कप
युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको ‘युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता–२०७३’अन्तर्गत आज भएको खेलमा शङ्करदेव कलेजले लवरेन्स कलेजलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा शङ्करदेवले लवरेन्स कलेजलाई ४९ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको शङ्करदेव २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १६३ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेका लवरेन्स १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनमा समेटियो ।
शङ्करदेवको जितमा आयुशमान बमले ६१ रनको योगदान दिए । त्यस्तै सोमेस यादवले ३५ तथा अरुण ऐरी र रबीन चन्दले समान १६÷१६ रन जोडे । लवरेन्सका इसान सिंह बानियाले तीन विकेट लिए भने अभिशेष थापाले दुई विकेट लिए ।
यता लवेरेन्सले ब्याटिङ गर्ने क्रममा अमित श्रेष्ठले ३२, प्रसुन थापाले २१ तथा अभिशेष थापाले १८ रन जोडे । लवरेन्सलाई सस्तैमा समेट्ने क्रममा शङ्करदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी तथा विनोद भटृराईले समान दुई दुई विकेट लिए ।
त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा नेपाल कर्मस कलेजले कसमस कलेज अफ म्यानेजमेन्टलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कसमसले १४ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै ६७ रनमा समेटियो । ६८ रनको लक्ष्य पाएको कर्मश कलेजले ६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउदै सो लक्ष्य भेटृायो । कसमसलाई सस्तैमा समेट्नेक्रममा कर्मस कलेजका नबीन थापा एक्लैले ६ विकेट लिए भने लोकेन्द्र चन्द, बसन्त खत्री र पवन श्रेष्ठले समान एक ÷एक विकेट लिए ।
कर्मस कलेजको जितमा प्रकाश विष्टले ३४ तथा हिमाशु दत्तले २१ रनको योगदान दिए । कसमसका दीपक कठायत र वीवेक साउतले समान एक ÷एक विकेट लिए । रासस

3000
Shares

ट्रेन्डिङ