सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१

साठी घर जलेर नष्ट

2905
Shares
साठी घर जलेर नष्ट

नसरीको कोसी गाउँपालिका–५ साबिक श्रीपुरजब्दी–७ मा आज भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट हुँदा रु एक करोड बढीको क्षति भएको छ ।  स्थानीयवासी मनरु मियाँको घरबाट खाना पकाउने क्रममा सल्केको आगोले भीषण रुप लिएपछि ४३ परिवारका घर जलेका हुन् ।
आगोले सलाम मियाँ, सलिम मियाँ, साहिद मियाँ, रहिना खातुनसहितका परिवारको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागी इनरुवा, इटहरी, धरान, विराटनगर र राजविराजबाट पुगेका वारुण यन्त्रले नियन्त्रणमा लिएका छन् ।
आगलागी नियन्त्रणमा स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको थिए । आगलागीमा कुनै पनि मानवीय क्षति नभएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
आगलागीलगत्तै सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीसहितको सरकारी अधिकारीको टोलीले घटनास्थलको वस्तुस्थिति निरीक्षण गरेको छ । सुख्खा मौसम र हावाहुरी सुरु भएसँगै सुनसरीमा आगलागीको घटनामा वृद्धि भएको छ । दुई दिनअघि मात्र सोही वडाको कौवाटोलमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका थिए । रासस

2905
Shares

ट्रेन्डिङ