सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आजको मौसमः चार प्रदेशमा पानी पर्ने

आजको मौसमः चार प्रदेशमा पानी पर्ने

1960
Shares
आजको मौसमः चार प्रदेशमा पानी पर्ने

काठमाडौं, ३१ भदौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

1960
Shares

ट्रेन्डिङ