सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पूर्वसभामुख महरालाई छोरा निर्मलको जिम्मा

पूर्वसभामुख महरालाई छोरा निर्मलको जिम्मा

390
Shares
पूर्वसभामुख  महरालाई छोरा निर्मलको जिम्मा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा जमानतमा छुटेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएपछि छोरा निर्मल महराको जिम्मा लगाएर पठाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

महराको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई हाजिरी जमानिमा छोडिएको हो ।

चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरेको थियो ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।

390
Shares

ट्रेन्डिङ