सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • हेटौँडामा काँग्रेसको अग्रता

हेटौँडामा काँग्रेसको अग्रता

6260
Shares
हेटौँडामा काँग्रेसको अग्रता

हेटौँडा, ७ जेठ । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको आज अपराह्न ३ बजेसम्ममा प्रमुख पदको नेपाली काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले १४ हजार ९३४ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा (एमाले)का नगर प्रमुखका उम्मेदवार हरिबहादुर महतले १४ हजार ७२० मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै नेकपा (एमाले) का उपप्रमुखका उम्मेदवार मीना लामाले १४ हजार ७७५ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उपप्रमुखका उम्मेदवार बलराम बलले १० हजार ९९८ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।
हेटौँडा– १४ मा माओवादी केन्द्र, १५ मा काँग्रेस विजयी
यसैबीच हेटौँडा उपमहानगरपालिका– १४ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिपक खड्का खड्काले एक हजार २०३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का सानु थिङले ६४१ मत प्राप्त गर्नुभयो ।
यस्तै हेटौँडा– १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका महारत्न लामा एक हजार ३४३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिल मोक्तानले एक हजार २८८ मत प्राप्त गर्नुभयो । रासस

6260
Shares

ट्रेन्डिङ