सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा किचलो !

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा किचलो !

4315
Shares
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा किचलो !

 

एमालेले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट गर्न अझै सकेको छैन् । एमाले काभ्रेका कार्यालय सचिब हरि मैनालीले बिहान सबैको समाचारसंग कुरा गर्दै आज साझँसम्म महाधिवेशन प्रतिनिधिको टुंगो लाग्ने बताउनुभएको थियो ।

तर यो खबर तयार पर्दासम्म महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन् । बागमती प्रदेशभित्रका १३ जिल्ला मध्ये संगठीत सदस्यमा पहिलो नम्बरमा रहेको काभ्रे एमालेले महाधिवेशन प्रतिनिधि भने समयमै टुंगो लगाउन नसक्नुलाई निकै अर्थ पूर्ण रुपमा हेरिएको छ ।

बाहिर महाधिवेशन प्रतिनिधिको महत्वकांक्षी धेरै भएको बताइएपनि भित्र भने अर्को विषयले ठाउँ ओगटेको स्रोतको दाबी छ । काभ्रेमा एमालेले संगठीत सदस्य २२ हजार ५५ जना पुर्याएको छ ।

संगठीत सदस्यलाई हेर्दा जिल्लाबाट ३४ जनाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर सहभागि हुन पाउँछन् । उम्मेदवारी भने १०५ जनाको परेको थियो ।

एमाले जिल्ला निर्वाचन कमिटीले कात्तिक २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र प्रचार प्रसारको समय गर्ने तथा २७ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान गर्ने र २७ गते नै मत गणनासँगै नजिता प्रकाशन गर्ने गरि समय तालिका सार्वजनिक गरेको थियो । तर अहिलेसम्म न निर्वाचन भयो । न त सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गरियो ।

आमा र छोरी, श्रीमान र श्रीमतीले समेत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन् । जसले गर्दा पनि कसलाई छनौट गर्ने भन्नेमा निकै पेचिलो । मतदान गर्दा माओवादीबाट आएलाई समस्या पर्न सक्ने भन्दै सर्वसम्मत गराउने नाममा प्रक्रिया नै बन्धक बनाइएको धेरैले आंकलन गरेका छन् ।

4315
Shares

ट्रेन्डिङ